ताजा समाचार

फिफाद्वारा पाकिस्तान फुटबल संघमाथि प्रतिबन्ध, कारण यस्तो रहेछ

काठमाडौं, २५ असोज । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले पाकिस्तान फुटबल संघ पिएफएफमाथि प्रतिबन्ध लगाएको छ । पिएफएफलाई स्वतन्त्र रुपले काम गर्न नदिएको र यसको खाता पनि स्वतन्त्र नभएको भन्दै फिफाले प्रतिबन्ध लगाएको हो ।

पाकिस्तानी फुटबल संघको कार्यालय र यसको आर्थिक प्रशासन त्यहाँको अदालतले तोकिदिएको अधिकारीले सञ्चालन गरिरहेको छन् । फुटबल संघ स्वतन्त्र निकाय भएको र यसमा तेस्रो पक्षको हस्तक्षेप मान्य नहुने भन्दै फिफाले पाकिस्तानी फुटबल संघमाथि प्रतिबन्ध लगाएको हो ।

फिफाको प्रतिबन्ध नहटेसम्म अब पाकिस्तानको राष्ट्रिय टोली तथा क्लबले अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैनन् । पाकिस्तान फुटबल संघको कार्यालय तथा आर्थिक प्रशासन स्वतन्त्र ढंगले चल्न नदिएसम्म प्रतिबन्ध फुकुवा नहुने फिफाले स्पष्ट पारेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org