ताजा समाचार

नवलपरासीमा राइनो संरक्षण गोल्डकप प्रतियोगिता शुरु

महेन्द्र चापागाई, नवलपरासी, १३ कात्तिक । राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । नवलपरासीको मध्यबिन्दु नगरपालिका -४ कोल्हुवा रंगशालामा सुरु भएको प्रतियोगीताको उद्घाटन खेलमा कास्की ११ पोखरा र जगदम्बा लुम्बिनीको टिम बिच प्रतिस्पर्धा हुँदैछ ।

खेल दिउँसो ४ बजेबाट हुनेछ । प्रतियोगितामा प्रथम हुनेले पाँच लाख २५ हजार ५ सय ५५ रुपैयाँ र द्वितीय हुनेले दुई लाख ५० हजार ५ सय ५५ रुपैयाँ नगद हात पार्ने नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए ।

गैँडा संरक्षणका लागि बर्षेनी हुँदै आइरहेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अघिल्ला वर्ष भन्दा पनि धुमधामले गर्न लागिएको छ। आयोजक एक टिमसहित देशभरका ए डिभिजनका ११ सहित १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता कात्तिक २५ गतेसम्म हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org