के तपाई बच्चालाई स्तनपान गराउँदैहुनुहुन्छ ? यि कुरामा ध्यान दिनुहोस्
एजेन्सी । बच्चालाई आमाको दुध अमृत समान हुन्छ । आमाको दुधले नै बच्चालाई शारीरिक र मानसिक रुपमा विकास गर्छ । सुरुका दिनहरुमा आफ्नो बच्चालाई दुध खुवाउँदा पनि आमाका निम्ति अनौठो अनुभूति हुन्छ ।
कतिपय आमाहरु यतिबेला निकै धकाउँछन्, लजाउँछन् । तर, यसमा लजाउनुपर्ने कुनै कुरा छैन, किनकी यो एउटा प्राकृतिक क्रिया हो । यहाँ स्तनपानसम्वन्धि आठ टिप्स प्रस्तुत गरिएको छ, जो नयाँ आमाहरुका निम्ति उपयोगी हुनसक्छ ।
सार्वजनिकरुपमा स्तनपानः
सार्वजनिक स्थानमा हुनुहुन्छ र शिशु भोकले रुन थाल्यो भने के गर्ने ? यतिबेला बोल्ड हुनैपर्छ । बिना हिच्किचाकट बच्चालाई स्तनपान गराउनुपर्छ । कसैले हेर्यो भने हेरिरहन दिनुपर्छ, वास्तै गर्नुहुँदैन । सल ओढ्नु भएको छ वा सारी लगाउनुभएको छ भने आफ्नो स्तनलाई छोपेर स्तनपान गराउन सक्नुहुन्छ ।
खुकुलो वस्त्रः
शिशुलाई स्तनपान गराउँदा आमाले लगाउने बस्त्र खुकुलो र सुविधाजनक हुनुपर्छ । कुर्ता र टिसर्ट जस्ता लुगा लगाएको छ भने त्यसलाई माथि उठाएर दुध चुसाउन असहज हुन्छ । त्यसैले सुत्केरी आमाहरुले चेनबाला ब्रा, टप खरिद गर्नुपर्छ जसलाई आफ्नो ज्याकेट, कार्डिगन वा जीप(अपभित्र लगाउन सकियो । साथै नर्सिङ प्याड पनि खरिद गर्नुस जसले स्तनपान नगराएको बेला तपाईंको स्तनलाई आराम पुर्याउन मद्दत गर्छ ।
प्रशस्त अभ्यासः
जति धेरै स्तनपानको अभ्यास गरिन्छ, त्यति नै धेरै सजिलो हुन्छ । सुरुका केही हप्ताहरुमा यो कठिन हुने भए पनि समयसँगै शरीर यसका लागि अभ्यस्त हुँदै जान्छ । जति धेरै स्तनपान गराउनुहुन्छ, तपाईंको शरीरमा त्यति नै बढि दुध उत्पादन हुन्छ र बच्चाका लागि पर्याप्त हुन्छ ।
मोइस्चराइजरको प्रयोगः
बच्चालाई दुध नपिलाएको बेला आफ्नो निप्पललाई मोइस्चराइज गरौं । निप्पललाई आराम चाहिन्छ, त्यसैले निप्पल क्रिम, निप्पल बटर वा जैतुनको तेल वा आफ्नै दुधले पनि मोइस्चराइज गर्न सक्नुहुन्छ । यस्तो मोइस्चराइजरको प्रयोग गरौ, जसलाई स्तनपानको दौरान सफा गर्नुपर्ने आवश्यकता नपरोस । यसबाट काम हलुका हुन्छ ।
पानी मनग्गे पिउन दिनेः
स्तनपान गराउनका लागि शरीरमा पानीको मात्रा पनि पर्याप्त हुनुपर्छ । आफू हाइड्रेट रहेको सुनिश्चित गर्न एउटा तरिका छ । आफ्नो पानीको बोतल, पौष्टिक स्न्याक्स, आफ्नो स्तनपानको सेसन लेखिएको डायरी, केही पत्रिका र टेलिभिजनको रिमोट आफ्नो साथमा राखौं । साथै आफ्नो निप्पल क्रिमलाई पनि सँगै राख्नुपर्छ ।
स्वस्थकर खानेकुरा खानेः
बच्चाले दुधमार्फत पोषण तत्व लिन्छ । त्यसैले यस दौरान पर्याप्त मात्रामा भोजन गर्नु जरुरी छ । आमाले गर्ने भोजन पौष्टिक पनि हुनुपर्छ । यसका साथै स्तनपान गराउँदा शरीरको कयौं क्यालोरी प्रयोग भएको हुन्छ । त्यसैले यसको भरपाइका लागि पनि पर्याप्त खानेकुरा खानु आवश्यक छ । भोजन अपर्याप्त भयो भने थकान उत्पन्न हुन्छ र बच्चाले पर्याप्त पोषण पाउँदैन ।
अरुसँग तुलना नगरौंः
आफ्नो तुलना अन्य आमाहरुसँग गर्नबाट बच्नुपर्छ । हरेक आमाका भिन्न गुण हुन्छन् । कुनै आमाको मनग्गे दुध हुन्छ भने कसैको कम । कुनै आमालाई स्तनपान गराउँदा कुनै दुखाई हुँदैन भने कुनै आमालाई असह्य दुख्छ । धेरै दुखाई हुन्छ तर स्तनपान गराउने हो भने फर्मुला फिड अपनाउनुपर्छ, यसमा कुनै हानी छैन । यसमा विल्कुल पनि ध्यान नदिनुस कि अरु मानिसहरुले के भन्छन् । आफ्नो शिशुर्लाइ फर्मूला दिन सक्नुहुन्छ र यो उसका लागि विल्कुल सही छ ।
श्रीमानको सहयोग लिनेः
श्रीमानले बच्चालाई बोतलको दूध पिलाउने भन्दा बढि मद्दत गर्न सक्छन् । उनलाई आफ्नो शिर र खुट्टा मालिस गर्नका लागि आग्रह गरौं । अथवा, आराम गरिरहेको बेला पानी वा भोजनका लागि अह्राउनुस । फुर्सदमा आफूसँग राखेर गफ गरौं । यसले धेरै फाइदा मिल्छ ।
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...