ताजा समाचार

सुत्केरीको मृत्यु भएपछि गण्डकी मेडिकल कलेजमा तोडफोड तथा आगजनी

पोखरा, १९ कात्तिक । उपचारका क्रममा सुत्केरीको ज्यान गएपछि पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज तनावग्रस्त बनेको छ। गतसाता गण्डकी मेडिकल कलेजमा शल्यक्रिया गरी बच्चा जन्माएकी स्याङ्जाकी गीता अर्यालको ज्यान गएको घटनालाई लिएर अस्पताल तनावग्रस्त भएको हो।

मृतकका आफन्तले अस्पतालको लापरबाहीले अर्यालको ज्यान गएको भन्दै नाराजुलुश र धर्ना दिएपछि अस्पताल परिसर तनावग्रस्त भएको हो। दोषी चिकित्सकलाई कारबाही, नाबालकको संरक्षणको जिम्मा र क्षतिपूर्ति नदिएसम्म शव नउठाउने मृतकका आफन्त राजन अर्यालले जानकारी दिए ।

मेडिकल कलेजले बिरामीको अवस्थावारे सही जानकारी नदिएको उनको आरोप छ । ‘शल्यक्रिया भएको पाँच दिन बित्दासमेत चिकित्सकले बिरामीलाई भेट्नसमेत दिएनन्’ उनले भने। ‘सुधार हुन्छ भन्दै भेन्टीलेरमा हालेर राखे, सुप, जाउलो लिएर जाँदासमेत बिरामी भेट्न पाईएन, हप्तासम्म बेहोस् भन्दै घटना लुकाए्।’

अस्पतालका प्रमुख कार्यकारी निर्देशक सन्तोष खनालले अस्पतालकोतर्फबाट कुनै लापरबाही नभएको बताए। ‘यदि कसैले गल्ती देखाउँछ भने सजाय भोग्न तयार छौ’ उनले भने। ‘यो घटनामा चिकित्सकहरुले हरसम्मको प्रयास गर्दापनि सफल भएन।’

अर्याललाई सुत्केरी बेथाले च्यापेपछि आफन्तले कात्तिक १० गते शुक्रबार बेलुकी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याएका थिए। तर, बेड अभाव भएपछि उनलाई चिकित्सकले गण्डकी मेडिकल कलेजमा जान सल्लाह दिएका थिए। क्षेत्रीय अस्पतालका चिकित्सकको सल्लाह अनुसार आफन्तले आर्याललाई गण्डकी मेडिकल कलेज पुर्याएका थिए। अर्यालको भोलिपल्ट शनिवार बिहान ११ बजे शल्यक्रिया गरिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org