ताजा समाचार

ब्राजिलका चर्चित फुटबल खेलाडी रोबिन्हो बलात्कारमा दोषी ठहरिदैं ९ वर्ष जेल सजाय

एजेन्सी, ८ मंसिर । ब्राजिलका चर्चित फुटबल खेलाडी रोबिन्होलाई बलात्कारमा दोषी ठहर गर्दै अदालतले ९ वर्ष जेल सजाय सुनाएको छ । इटालीस्थित मिलानको एक अदालतले म्यान्चेस्टर सिटीका पूर्वफरवार्डसमेत रहेका रोबिन्होलाई बलात्कारको अभियोगमा ९ बर्षको जेल सजाय तोकेको हो ।

सन् २०१३ मा एक अल्बानियन युवतीको सामूहिक बलात्कारमा उनीसँगै अन्य पाँच ब्राजिलियनलाई पनि दोषी ठहर गर्दै जेल सजाय तोकिएको छ । २२ वर्षीया ती महिलालाई डिस्को क्लबबाट निस्केपछि उनीहरुले बलात्कार गरेको अदालतको ठहर छ ।

अदालतले पीडितलाई ७१ हजार डलर क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ । ३३ वर्षीय रोबिन्होले २०१० देखि २०१५ सम्म मिलानका लागि फुटबल खेल्दै आएका थिए । अहिले ब्राजिलको क्लबमा आवद्ध उनले आफू घटनामा संलग्न नभएको दाबी गर्दै अदालतको आदेशविरुद्ध सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने उल्लेख गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org