ताजा समाचार

धनगढी पुगेर आरजुमाथि ओलीको प्रश्न, ‘घर किन्दैमा स्थानीय भइन्छ ?’

कैलाली ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीमाथि झटारो हानेका छन् । शुक्रबार धनगढीमा आयोजित चुनावी सभामा ओलीले देउवा पत्नी आरजु राणा देउवामाथि व्यंग प्रहार गरेका हुन् ।

उनले एक झोला पैसा बोकेर घर किन्दैमा कोही पनि स्थानीय उम्मेदवार हुन नसक्ने बताएका छन् । कैलाली ५ का कांग्रेस उम्मेदवार आरजु राणाप्रति लक्षित गर्दै ओलीले यस्तो बताएका हुन् । टुरिष्ट उम्मेदवारको आरोप लागेपछि आरजुले धनगढीमा घर किनेकी छन् ।

राणाका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानालाई भोट माग्दै एमाले अध्यक्ष ओलीले भने, ‘ काठमाडौंबाट केही केही मान्छे पैसाको थैला बोकेर म त यहीँको भएँ नि भन्दै घर घरेडी किन्दै आएका छन् । यहाँको हुन एक झोला पैसाले घर किन्दैमा हुन्छ ?’

‘मान्छे देखेको छैन, घर देखेको छ । अनि आफ्नो मान्छे भयो ? अघि थपे, ‘अलि अस्ति आएको भए पनि हुन्थ्यो नि !’  ‘धन्नै हो कांग्रेसको लोकतन्त्र’ भन्दै ओलीले भने, ‘माथितिर श्रीमान, तल श्रीमती, छोरा अलि सानो छ । नत्र भने छोरा पनि (उम्मेदवार) हुन्थे । हाम्रो काम अरुलाई बोक्ने मात्र । ‘

यहाँका थारुले जित्नु हुन्न ? काठमाडौंबाटै आउनुपर्छ भन्दै ओलीले १०४ वर्ष शासन गरेका राणाका छोराछोरीहरुको जिब्रोका स्वाद अझै नगएको टिप्पणी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org