कालिकोटमा जीप दुर्घटना हुँदा मर्नेको संख्या चार पुग्यो
कालिकोट, १३ मंसिर । खांँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा आज बिहान भएको बलेरो जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ । छ घाइतेमध्ये बाँकेका चालक इन्द्रप्रसाद थारूको उपचारका क्रममा मृत्यु भएको छ । बाँकी पाँच घाइतेलाई कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।
मुगुबाट सुर्खेत जाँदै गरेको लु२च २००३ नंको बलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको थियो । मृत्यु हुनेमा मुगु भिई–७ की ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीय नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामीका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उपचारका क्रममा चालक थारूको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो ।
उक्त जीपमा मुगुबाट सुत्केरीसहित नौ यात्रु रहेको बताइएको छ । पाँच घाइतेकोे थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेजमा लगिएको छ । जीप दुर्घटना के कारणले भएको हो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...