ताजा समाचार

जनशक्तिको अभावमा ट्राफिक व्यवस्थापन समस्यामा

काठमाडौँ, १९ मंसिर । पर्याप्त जनशक्ति अभावका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । यही मंसिर २१ गतेको निर्वाचनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत कार्यरत अधिकृतदेखि जवानसम्म खटिएपछि व्यवस्थापनमा समस्या देखिएको हो । प्रहरी प्रधान कार्यालयले निर्वाचनको सुरक्षाका लागि ट्राफिक प्रहरीहरुलाई महाशाखा काठमाडौँ, भक्तपुर, ललितपुर, महोत्तरी, धनुषा, रुपन्देही, नवलपरासी र काभ्रेपलाञ्चोक खटाएपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या परेको हो ।

महाशाखामा रहेका एक हजार ३२२ जनशक्तिमध्ये ९५० जनशक्ति निर्वाचनमा खटिएका छन् । काठमाडौँ उपत्यकामा हाल १० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । महाशाखाका प्रमुख सर्वेन्द्र खनाल जनशक्तिको अभावका बीच पनि काठमाडौँको ट्राफिक व्यवस्थापनमा कमी हुन नदिइएको बताउनुहुन्छ । “म आफैँ अफिस जाने आउने व्यस्त समयमा सडकमा खटिरहेको छु,”, उहाँले भन्नुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org