ताजा समाचार

उत्कृष्ट स्वयंसेवी पुरस्कृत

काठमाडौँ, २० मंसिर । मानवीय सेवामा अतुलनीय योगदान पु¥याएबापत तीनजना स्वयंसेवीले उत्कृष्ट मानवीय सेवा सम्मान एवं पुरस्कार प्राप्त गर्न सफल हुनु भएको छ ।

यसरी पुरस्कृत हुनुहुनेमा नेपाल रेडक्रश सोसाइटीका स्वयंसेवकद्वय नारायणकुमार श्रेष्ठ एम्बुलेन्स अंकल, धादिङ र राजन श्रीवास्तव पर्सा र सजना सुनुवार सुर्खेत हुनुहुन्छ । अन्तरराष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा विभिन्न संस्थाद्वारा मंगलबार आयोजित कार्यक्रममा उहाँहरुलाई नगद रु ५० हजारसहित सम्मान गरिएको सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

वीरगञ्जलगायत आसपासका क्षेत्रमा रगतको अभाव हुन नदिई आम रक्तदातालाई रक्तदान गर्न उत्प्रेरणा जगाएबापत स्वयंसेवक श्रीवास्तव र प्रकोप तथा दुर्घटनामा स्थलगत उद्धार कार्यमा अनवरतरुपमा खटिएबापत स्वयंसेवक श्रेष्ठले सो सम्मान प्राप्त गर्नुभएको हो । यसैगरी, महिला हिंसा अन्त्य र जोखिममा परेका बालबालिका उद्धार कार्यमा योगदान दिएबापत सुनुवारले सो सम्मान प्राप्त गर्न सफल हुनुभएको हो ।

सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिरोध कार्यक्रमका राष्ट्रिय संयोजक उमेश ढकाल र राष्ट्रसंघीय स्वयंसेवक संस्था युएनभीका नेपाल निर्देशक जयशंकर लालले उहाँहरुलाई सो सम्मान प्रदान गर्नुभएको थियो । युएनभीले हरेक वर्ष मानवीय सेवामा उत्कृष्ट कार्य गर्नेलाई सम्मान गर्दै आएको छ । सो अवसरमा कार्यक्रम संयोजक ढकालले मानवीय सेवामा तल्लीन हुनु सोसाइटीको प्रमुख दायित्व रहेको चर्चा गर्नुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org