ताजा समाचार

पाँचौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड लोगो प्रतियोगिताको उपाधि सफल श्रेष्ठलाई

 

काठमाडौँ, २३ मंसिर । नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोले विश्व अन्तरिक्ष सप्ताहको अवसर पारेर सञ्चालन गरेको पाँचौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड लोगो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।

प्रतियोगितामा १६ वर्षीय सफल श्रेष्ठ प्रथम भएका छन् । श्रेष्ठ हाल कोटेश्वरस्थित क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरमा कक्षा ११ मा विज्ञान संकाय लिएर अध्ययन गर्दैछन् । प्रतियोगिता असोज ९ देखि कात्तिक २९ सम्म सञ्चालन गरिएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । प्रतियोगीले इमेलमार्फत रचना पठाएका थिए । प्राप्त लोगोलाई प्राज्ञ, शिक्षक, विज्ञ सम्मिलित ११ सदस्यीय मूल्यांकन समितिले निर्णय गरेको थियो ।

प्रथम भएका सफल श्रेष्ठ

प्रतियोगितामा भाग लिएकामध्ये उत्कृष्ट प्रथम, द्वितीय तथा तृतीय लोगोलाई पुरस्कार स्वरुप क्रमश नगद रु पाँच हजार, रु एक हजार र रु ५०० एवं प्रमाणपत्र प्रदान गरिने कार्यक्रम छ । साथै प्रथम हुने लोगो पाँचौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८ को अधिकारिक लोगो हुने नासोले जनाएको छ । राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एउटा शैक्षिक प्रतियोगिता हो । यसमा २० वर्ष मुनिका १० जोड दुईसम्मका विद्यार्थीले भाग लिन पाउने जनाइएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org