ताजा समाचार

प्रताप स्मृति पत्रकारिता पुरस्कार नेपाली जनताका सम्पादक ढकाललाई प्रदान

काठमाडौं, २३ पुस । प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट नेपाली जनता अनलाईनका सम्पादक यज्ञ ढकाल पुरस्कृत भएका छन् । नेपाल पत्रकार मञ्चले यस वर्षको प्रताप स्मृति पत्रकारिता पुरस्कार ढकाललाई पुरस्कृत गरेको हो । मञ्चले आयोजना गरेको विषेश कार्यक्रममा रक्षा मन्त्री भीमसेनदास प्रधानले उक्त पुरस्कार ढकाललाई प्रधान गरेका हुन ।

पत्रकार योगेन्द्र प्रताप शाहीद्धारा आफ्ना पिताको नाममा स्थापना गरिएको उक्त पुरस्कारको राशी रु १५ हजार रहेको छ । सो अवसरमा पत्रकार ढकालले आफ्नी माताको नाममा सीता ढकाल स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्दै सो समारोहमा घोषणा समेत गरेका छन । उक्त पुरस्कारको राशी रु २० हजार हुने पत्रकार ढकालले जानकारी दिए ।

पुरस्कृत ढकालले सम्मान र पुरस्कार ग्रहण गर्दै पुरस्कारको राशी नेपाल पत्रकार मञ्चको विकास, पत्रकारहरुलाई तालिम र अन्य अतिरीक्त क्रियाकलापलाई सहयोग पुर्याउन नगद रु १५ हजार कार्यक्रमका प्रमुख अतिथी रक्षा मन्त्री भीमसेनदास मार्फत मञ्चका अध्यक्षलाई समर्पण गरेका छन ।

त्यसैगरि मञ्चले दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरु प्रल्हाद रिजाल, मदनकुमार श्रेष्ठ, योगेन्द्रप्रताप शाही र रामकुमार अधिकारीलाई अग्रज पत्रकार सम्मानबाट सम्मानित गरेको छ । साथै सुनकोशि नगरपालिका उपप्रमुख तथा नेपाल पत्रकार मञ्चकी कार्यसमिति सदस्यलाई सम्मान गरेको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org