ताजा समाचार

खराव मौसमका कारण विमान उडेन, ‘प्रचण्ड’ गाडी चढेर काठमाडौं आउँदै

काठमाडौं, २३ पुस । मौसमले साथ नदिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गाडी चढेर काठमाडौं फर्केका छन् । मौसम खरावीका कारण जहाजले उडान भर्न नसकेपछि गाडी चढेर प्रचण्ड काठमाडौँ फर्केका हुन्।

प्रधानमन्त्री शेरबाहदुर देउवाले बिहिवार बालुवाटारमा बोलाएको सर्वदलीय बैठक सकाएर अध्यक्ष प्रचण्ड भरतपुर महानगरपालिकाको नगरपरिषद्मा भाग लिन चितवन गएका थिए। शुक्रबार नगरपरिषद्को कार्यक्रम सकिएपछि अध्यक्ष शनिबार काठमाडौ फर्किने कार्यक्रम थियो। तर आइतबार विहानसम्म हुस्सुको कारण जहाजले उडान भर्न नसकेपछि गाडी चढेर काठमाडौँ फर्केका हुन्।

‘अहिले मुग्लिन पुगिसकेका छौँ,’ प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले भने, ‘मौसमको कारण जहाज उड्न सकेको छैन। अहिले हामी काठमाडौँबाट आफ्नो गाडी बोलाएर फर्केका छौँ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org