ताजा समाचार

के हो सुहागरात ? पति पत्नीको पहिलो रातले तय गर्छ जीवन

काठमाडौं । धेरैजसो युवालाई सुहागरातका बारेमा थाहा हुँदैन । सुहागरातमा केटा पक्षले गर्ने जबरजस्तीका कारण केटी पक्षले सधैँ आशङ्का र त्रसित हुनुपर्ने अवस्था पनि आउन सक्छ । त्यस्तै त्यस रोमान्टिक क्षणलाई सम्झनायोग्य बनाउन नसक्दा धेरैका लागि सुहागरात अर्थहीन रात बन्न पुगेको छ ।

सुहागरातमा प्रतिरोधका तीन कारण छन् । एउटा त प्रतिरोधबिनाको स्वीकृतिमा रोमान्स हुँदैन । प्रतिरोध जति सशक्त भयो रोमान्सको उचाइ पनि त्यति नै बढ्छ र अन्त्यमा प्राप्त हुने स्वीकृतिको सुन्दरता पनि त्यति नै बढ्छ । दोस्रो कारण, नारीको स्वाभाविक लज्जाबोध हो ।

कुमारी बेहुलीको प्रतिरोधको यसभन्दा पनि महत्त्वपूर्ण कारण प्रस्ताव राख्नेको जोखिम व्यवस्थापन क्षमतामाथि केही आशङ्का र आफ्नो अप्ठ्यारोमा सुरक्षाको माग हो । यो प्रतिरोध भित्रबाट पैदा हुन्छ र यसमा पुरुषले नारीलाई विश्वस्त पार्न सक्नुपर्छ ।

नारीहरूले सुहागरातका अघिल्ला दुई चरणमा पुरुषको धैर्य, अर्काको संवेदनशीलता प्रतिको उसको प्रतिक्रिया र उसको स्वार्थको सीमालाई विभिन्न कसीमा विभिन्न कोणबाट अध्ययन गर्ने कोसिस गर्छन् । विश्वासको वातावरण त्यसै पैदा हुँदैन । धेरै आग्रही र धेरै आतुर पुरुषलाई नारीले कम विश्वास गर्छन् ।

त्यस कारण सुहागरातको समयमा पुरुषले जति धैर्य धारण गर्नसक्यो फाइदा पुरुषलाई नै छ । तातो तावामा रोटी छिटो पनि पाक्छ र अपच हुने डर पनि हुँदैन । यो बेग्लै कुरो हो– तावा तात्न समय लाग्छ । तर, रोटी खाएर स्वस्थ रहन चाहनेका लागि त्यो आवश्यक पूर्वाधार हो ।

कुमारी झिल्ली वा सतीच्छद फाट्ताको पीडा, योनिबाट हुनसक्ने रक्तस्राव, यौनातुर पुरुषका अङ्गहरूको कठोरताका कुराहरू कुमारी स्त्रीलाई तर्साउन यथेष्ट छन् तर त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा त आफूलाई अप्ठ्यारो परिहाले आफूसँगैको मान्छेले त्यसलाई कसरी लिन्छ भन्ने हो ।

नारीहरूको यस प्रतिरोधका मुख्य कारणहरूमा संगिनीसँग हुने यौन चर्चा र यौन साहित्यहरूको अध्ययनका साथै सृष्टिले पुरुषलाई दिएको शारीरिक बल र पुरुषमा हुने तुलनात्मक कठोरताप्रति नारीको विकर्षण पनि हो । यो अर्कै कुरा हो– अन्तरमनमा यही कठोरता स्त्रीको पुरुषप्रतिको आकर्षणको रहस्यमध्ये एउटा तत्त्व पनि हुन सक्छ । उसले यसको व्यवस्थापन कति सहानुभूतिपूर्वक गर्छ ?

अप्ठ्यारो स्थितिमा उसले आफ्नो मात्रै आनन्द हेर्छ कि आफूमाथि पर्नेको सजिलोलाई पनि प्राथमिकता दिन्छ ? यसबेला नारीको मनःस्थिति पर्ने प्रभाव जीवनभरि रहन्छ । पुरुषले नारीलाई यसबेला आश्वस्त पार्न सकेन भने मनमा गहिरो घाउ लाग्न सक्छ । शरीरको घाउ त मामुली होला वा सजिलै निको होला तर मनमा यसबेला बसेको अविश्वासको घाउ जीवनभरि निको नहुन सक्छ ।

आउँदो दाम्पत्य जीवनको लामो बाटामा सँगै हिँड्ने साथीको विश्वास जितेर सजिलो बनाउने कि अहिलेका क्षणिक आनन्दलाई महत्त्व दिएर भविष्यमा अविश्वासको गह्रौँ भारी बोकेर हिँडिरहनुपर्ने जोखिम मोल्ने ? नारीको विश्वास काँचको भाँडाजस्तो हुन्छ, फुटेपछि फेरि जोडिँदैन । त्यसैले पहिलो रात पत्नीको इच्छा वा दुवैका चाहना अनुसार जाँदा जीवन नै शुन्दर बनाउन सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org