ताजा समाचार

भारतको उडिसामा ज्ञानेन्द्रलाई सेनाको सुरक्षा, नेपालका राजाको संज्ञा

काठमाडौं, २४ माघ । भारत भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह मुख्य कार्यक्रमस्थल उडिसा पुगेका छन् । सोमबार राजधानीबाट भारत प्रस्थान गरेका पूर्वराजा बुधबार मात्रै मुख्य कार्यक्रम स्थल भारतको उडिसा राज्य पुगेका हुन् । ज्ञानेन्द्रको सुरक्षार्थ सशस्त्र सेना तैनाथ गरिएको छ।

स्थानीय मिडियाहरुका अनुसार बुधबार बिहान उडिसाको भुवनेश्वरस्थित बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा ज्ञानेन्द्रलाई स्वागत गरिएको थियो। नेपालमा राजतन्त्रको अस्तित्व सकिएर गणतन्त्र आइसकेको भए पनि स्थानीय मिडियाहरुले ज्ञानेन्द्रलाई ुनेपालका राजाु भनेरै सम्बोधन गरिरहेका छन्। ज्ञानेन्द्रले लोपोन्मुख भारतीय देसी गाई जोगाउने उद्देश्य रहेको संगठन श्रीमार्गले आयोजना गर्ने मिसन वाउ काउ कार्यक्रमको आज उद्घाटन गर्नेछन्।

उडिसाको राठीपुरमा हुने अन्तर्राष्ट्रिय गौ सम्वर्द्धन महोत्वसमा ज्ञानेन्द्रलाई ‘नेपालका राजा’कै हैसियतमा सहभागी हुन निम्तो पठाइएको थियो। सोही अवसरमा गौमाता मन्दिरको शिलान्यास गर्ने कार्यक्रम पनि छ। आयोजक श्रीमार्गका अनुसार त्यहाँ शनिबारदेखि बुधबारसम्म गो विश्वशान्ति महायज्ञको पनि आयोजना हुँदैछ। महायज्ञको अन्तिम दिन ज्ञानेन्द्रले पूर्णाहुति पनि दिनेछन्। सोही क्रममा ज्ञानेन्द्रलाई राजसिंहासनमा राखी अभिषेक पनि गर्ने कार्यक्रम रहेको छ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org