ताजा समाचार

प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ निर्विरोध निर्वाचित

हेटौंडा, २७ माघ । प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो, जसमा श्रेष्ठको मात्र उम्मेदवारी परेको छ ।

उनले माओवादी केन्द्रका शालिकराम जमरकट्टेल प्रस्तावक र एमालेकै रामेश्वर फुँयालको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्। श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्य हुन्।  एमाले वैकल्पिक पोलिब्यूरो सदस्य एवंं उपत्यका इन्चार्ज  समेत रहेका श्रेष्ठ  काठमार्डौ जिल्ला विकास समिति पूर्व सभापति रहेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org