ताजा समाचार

आज महाशिवरात्रि, पशुपतिमा १३ लाख दर्शनार्थीले पूजा गर्ने, देशभरका शिवालयमा घुइँचो

काठमाडौं, १ फागुन । आज ुमहाशिवरात्रिु, हिन्दू समुदायले भगवान शिवको पूजा आराधना गरी मनाइँदै छ । शिवरात्रिका अवसरमा हिन्दूहरूका आराध्यदेव पशुपतिनाथमा भक्तजनहरुको घुइँचो लागेको छ । सिमसिमे पानी परे पनि बिहानैदेखि पशुपतिमा भक्तजनहरूको भीड लागेको थियो ।

बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए । पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ ।

पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए । यसवर्षको शिवरात्रिमा १२ देखि १३ लाख दर्शनार्थीले मन्दिरमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । पशुपतिमा अन्य भक्तजनहरुसँग साधुसन्तहरूको पनि घुइँचो छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org