ताजा समाचार

आर्थिक हिनामिना गरेको भन्दै कारागारभित्रै नाराजुलुस

 

काभ्रे,२१ फागुन।  जिल्ला कारागार काभ्रेमा कैदीबन्दीहरुले आज विहानैबाट आन्दोलन थालेका छन् । दैनिक उपभोग्य खाद्यन्नमा नाइकेहरुले मुल्य वृद्धि गरेर आर्थिक हिनामिना गरेको भन्दै कैदीहरुले कारागारभित्रै नाराजुलुस गरेको  जिल्ला कारागारले जनाएको छ । कैदीहरुले चौकिदार, मुलनाइके, नाइके र सहनाइकेहरुलाई कारागारभित्र थुनेर राखेका छन् ।

उपभोग गर्ने खाना खाजा र पानीमा नाइके, मुल नाइकेले बजार मूल्य भन्दा बढी मूल्य देखाएको र दूषित वस्तुहरुको उपभोग गर्न बाध्य भएको कैदीहरुले बताएका छन् । कारागार प्रमुख बाहिर रहेकाले समस्या समाधानका लागि दुई पक्षबीच वार्ता गराउने तयारी भएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिंखडाले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org