ताजा समाचार

विद्या भण्डारीविरुद्ध कांग्रेसले कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाउने

काठमाडौं, २३ फागुन । एमालेले राष्ट्रपति विद्या भण्डारीलाई नै बनाउने निर्णय गरेसँगै नेपाली कांग्रेसले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय सानेपामा बसेको बैठकले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनी २०३० सालबाट राजनीतिमा आवद्ध भएकी हुन् । राई दोस्रो संविधानसभामा समानुपातिक सांसद पनि थिइन् । उनी कांग्रेस नेता दिवानसिंह राईकी छोरी हुन् । २०१५ सालमा सांसद बनेका उनको पञ्चायत कालमा हत्या भएको थियो ।

फागुन २९ गतेका लागि तय राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो।  निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org