ताजा समाचार

संसद् प्रदेशसभा र स्थानीय तहका महिला विश्वकै लागि प्रेरणादायीः प्रधानमन्त्री

काठमाडौं,२४ फागुन । अन्तर्राराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली  संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा भएका महिला प्रतिनिधित्व विश्वकै लागि प्ररणादायी भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भीर रहेको पनि बताए  ।

‘नेपालको संघीय संसदमा ३३ प्रतिशत भन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिला प्रतिनिधिहरु निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी कुरा हो’, शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘महिला हक अधिकार प्राप्तिका लािग संविधान, विभिन्न अन्तराष्ट्रिय महासन्धिहरुको पालनामा सरकार गम्भीर छ ।’

प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन,अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्ने समेत बताए ।

गुणस्तरीय शिक्षा,आधारभुत स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको भन्दै प्रधानमन्त्री ओलीले सुधारका लागि सबै सरोकारवाला निकायहरुको प्रभावकारी भूमिका आवश्यक भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org