ताजा समाचार

सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौँ, २५ फागुन ।  प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ ।

संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारीको सूचना दर्ता हुनेछ ।

सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सभामुखको उम्मेदवारी दर्ता गराइनेछ । सत्तारुढ वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) ले सो पदमा उम्मेदवारी दिने तयारी गरेको छ भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उम्मेदवारी दिनेबारे निर्णय गरिसकेको छैन ।

यही फागुन २२ गते बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले सभामुखको निर्वाचनको मिति तय गरेको थियो । हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्दै आउनुभएको छ । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org