डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबलमा नेपालले भाग लिने
काठमाडौँ, २९ फागुन । स्पेनमा हुने दशौँ डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालबाट १८ खेलाडीले भाग लिने भएका छन् ।
स्कलर्स होम एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका प्रिन्सिपल हरिनारायण उपाध्यायले १३ र १४ वर्ष उमेर समूहको विधामा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो ।
प्रतियोगितामा पाँच महादेशका ५७ मुलुकबाट करिब पाँच सय टोलीको सहभागिता रहने एकेडेमीका प्रिन्सिपल उपाध्यायले बताउनुभयो ।
आगामी जुलाई १ देखि ८ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १० देखि १८ वर्षसम्मको उमेर समूहका टोलीबीच प्रतिस्पर्धा हुनेछ । सामाखुसीमा रहेको उक्त एकेडेमीमा अध्ययनरत् विद्यार्थीमध्ये उत्कृष्ट खेल प्रदर्शन गर्ने १८ खेलाडीलाई छनोट गरिएको आयोजकले जनाएको छ ।
टोलीको मुख्य प्रशिक्षक भरत लामा हुनुहुन्छ भने कप्तानमा कक्षा ८ मा अध्ययनरत् अनुज पौडेल छन् । (रासस)
Comments
अरु समाचार
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...