ताजा समाचार

प्रतिनिधिसभा बैठक बस्दै :अघिल्लो सरकारले ल्याएका अध्यादेश पेश गर्ने

काठमाडाैं,१२ चैत । अघिल्लाे सरकारले ल्याएका तीन अध्यादेश अाज बस्ने  प्रतिनिधिसभाको बैठकले पेश गर्ने  भएकाे छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र वेपत्ता व्यक्तिको छानबिन एवम् सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश अाज पेश हुन लागेका हुन् ।

सरकारले ल्याएका अध्यादेश ६० दिनभित्र संसदबाट पेश गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org