ताजा समाचार

(अाईपिएल ) कोलकाताले बैंग्लोरलाई ४ विकेटले हरायो

काठमाडाै‌ं,२६ चैत ।आईपीएलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई चार विकेटले हराएकाे छ ।

गएराति भएकाे खेलमा टस हारेर व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । जवाफमा कोलकाताले ७ बल बाँकी छँदै १७७ रन बनाएर लक्ष्य पूरा गर्‍यो ।

त्यसअघि बैंगलोरका लागि एवी डिभिलिर्सले ४४ र ब्रान्डन म्याकुलमले ४३ रनको योगदान गरेका थिए । यस्तै कप्तान विराट कोहलीले ३१ र मन्दिप सिंहले ३७ रन बनाए । अन्यले दोहोरो अंकको योगफल बनाउन सकेनन् ।

बलिङतर्फ कोलकाताका नितेश राना र विनय कुमारले दुई-दुई विकेट लिए । पियुस चावला, सुनिल नरायन र मिचेल जोन्सनले एक-एक विकेट लिए ।

कोलकाताले १८ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । कोलकाताको जितमा सुनिल नारायनले अर्धशतकको योगदान गरे । उनी म्यान अफ दी म्याच भए । १९ बलको सामना गरेका उनले चार चौका र पाँच छक्का प्रहार गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org