ताजा समाचार

नेपाल–चीन जोड्ने रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने सहमति, ओलिले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणका लागि परामर्श गर्ने

बेइजिङ, ५ वैशाख। नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोड ९ओबर० मार्फत क्रस हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमती भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आहृवान गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा भएको वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने सहमति पनि भएको छ ।

भेटपछि चिनियाँ विदेशमन्त्री वाङले भने, ‘हामीलाई विश्वास छ जब यो बन्छ, यसले चीन, नेपाल र भारतबीच आर्थिक करिडोरका लागि वातावरण बनाउँछ ।’

नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच नेपाल र चीनलाई जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ । परराष्टमन्त्री ज्ञवालीले भने, ‘नेपालबाट आधुनिक रेल चढेर हिमालको प्राकृतिक सौदर्य अवलोकन गर्दै चीन आउने मेरो सपना छ ।’

चीनले नेपालको विकासका लागि दुई ठूला छिमेकीबीच साझा धारणा हुनु पर्नेमा जोड दिएको छ । विदेशमन्त्री वाङले भने, ‘मलाई लाग्छ, चीन, नेपाल र भारत प्राकृतिक रुपमा नै मित्र र साझेदार हुन् । हामी एकै पहाड र नदीसँग जोडिएका छिमेकी हो । जसरी हामी चीनमा भन्छौं, परिवारका सदस्य र छिमेकीले एकअर्काको भलो चाहन्छन् ।’

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल चीन सम्वन्ध नयाँ सुरुवातको विन्दुमा पुगेको बताए । उनले भने, नेपालले आपसी विश्वास बढाउन काम गर्छ र भौतिक पूर्वाधार, ब्यापार, पर्यटन, संस्कृतिलगायतका क्षेत्रमा ‘विन विन’ सहमतिका लागि काम गर्छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगतै बेइजिङ पुगेका ज्ञवालीले त्यहाँका उपराष्ट्रपतिलाई पनि भेटेका छन् ।

उनले ओलीको चीन भ्रमणका साथै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि नेपाल भ्रमणका लागि परामर्श गर्ने भएको ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org