ताजा समाचार

काँग्रेस सचेतकमा भुसाल

 

काठमाडौँ, ५ वैशाख।नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन हुनुभएको छ ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज उहाँलाई सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम मनोनयन गरिएको हो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org