ताजा समाचार

सन्दीप लामिछाने चढ्ने कार यस्तो छ..

काठमाडौं ९ जेष्ठ। नेपाली क्रिकेटर सन्दिप लामिछानेले टाटा मोटर्सको तर्फबाट कार पाउने भएका छन् । लामिछाने केहि दिन अघिमात्र इन्डियन प्रिमियर लिग खेलेर फर्किएका हुन् ।

टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । उनले टाटाको टिगोर कार चढ्नेछन् ।

१७ वर्षका सन्दीप हालै मात्र आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । उनले दिल्ली डेडरडेभिल्सबाट अन्तिम तीन खेलको मौका पाएका थिए तर, आफूलाई अब्बल सावित गरेका छन् । आईपीएलमा दिल्लीको अन्तिम खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org