कमिलाको प्वाँख पलाएजस्तै कम्युनिष्ट सरकार: विमलेन्द्र निधि
काठमाडौं २०, जेष्ठ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट बिचारधारा पतनको दिशातिर उन्मुख हुँदै गएको बताएका छन्
नेपालमा कम्युनिष्ट पार्टीले गत निर्बाचनमा पाएको सफलतालाई उपसभापति निधिले मर्ने बेलामा कमिलाको प्वाँख पलाएजस्तो भएको टिप्पणी गरे । उनले भने “जसरी मर्ने बेलामा कमिलाको प्वाख पलाउछ त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट सरकार गठन भएको छ ।”
बन वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आज राजधानीमा उद्घाटन गर्दै नेता निधिले बिचारधाराको परिवर्तनसंगै कम्युनिष्ट शासन पनि पतनको दिशातिर उन्मुख भएको उल्लेख गरे । सरकारका १०० दिनको उपलब्धि हेर्दा आश गर्ने कुनै ठाउँ बाँकी नरहेको उनको भनाई थियो । सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको भन्दै निधिले भन्नुुभयो “ सरकारले संघीयता, समावेशिता बिरुद्ध सिण्डिकेट खडा गरेको छ ।”
रक्सौल र कोराला नाकाबाट काठमाडौंमा रेल गुडाउने कुरा गरेर कम्युनिष्ट सरकारले भारत र चीनको चाकडी गर्नुबाहेक अरु केही काम नगरेको बताए । “बर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले होल्ड गरेर राखेको छ”, उपसभापति निधिले भने“ अब काठमाडौंमा रेल ल्याउने कुरा पनि त्यसैगरी होल्ड गरेर राख्छ ।” त्यसैले अहिलेको सरकारले हुलाकी राजमार्गको काम अगिाडि बढाएन भनेर सोध्नुनर्पेमा त्यसो नगरी चाकडी गरेको टिप्पणी गरे ।
आत्मप्रशंसामा समय खर्च गरेको सरकारका हरेक गतिबिधि अधिनायकबादतर्फ उन्मुुख भएको उपसभापति निधिको आरोप थियो ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












