ताजा समाचार

प्रधानमन्त्री ओलीद्वारा ३ नम्बर प्रदेशसभामा सम्बोधन (LIVE)

काठमार्डौं २१, जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्न हेटौंडा पुगेका छन् । प्रधानमन्त्री ओलीले प्रदेश सभा बैठकलाई सम्बोधन गरिरहेका छन् ।
ओलीले आजै हेटौँडामा मुख्यमन्त्री डोरमणि पौडेल तथा अन्य मन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम छ । उनले जिल्ला समन्वय परिषद् मकवानपुर, हेटौँडा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख, उद्योगपति तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग समेत भेटघाट गर्ने तालिका रहेको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुपप्रसाद पौडेलले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org