ताजा समाचार

नेपालमा पेट्रोलियम पदार्थ सस्तो हुदा भारतमै तस्करी भइरहेको छ: आपूर्ति मन्त्री यादव

काठमाडौं २१, जेष्ठ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले नेपालमा पेट्रोलियम पदार्थको मुल्य भारतमा भन्दा २० रुपैँया भन्दा बढी स्सतो भएकाले अहिले तेलको तस्करी भइरहेको जनाएका छन् ।

सोमबारको संसद बैठकमा उनले भारतमा भन्दा पेट्रोल २२ रुपैयाँ र डिजेल २५ रुपैयाँ सस्तो रहेकाले तेल तस्करी भइरहेको बताएका हुुन् ।

‘अहिले पनि नेपालबाट दिनको धेरै मात्रामा तेलहरु बोर्डरपारी जाने गरेको छ, गाडी आउँछन् तेल भर्छन् लग्छन्’ उनले भने ‘अझै तेल घट्यो भने आयल निगम डुब्ने हुन्छ ।’

गत शनिबार मूल्यवृद्धिपछि पनि आयल निगमलाई ३७ करोड रुपैयाँ घाटा रहेको भन्दै मन्त्री यादवले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बचाउ गरे ।

यस्तै संसदमा विशेष समयमा बोल्दै कांग्रेस सांसद उमा रेग्मीले सरकार गठन भएयता ५ पटक मूल्यवृद्वि हुनु असामान्य कुरा रहेको भन्दै कडा बिरोध गरेकी छिन् । उनले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान अघि बढाएको सरकारले मूल्य वृद्धि गरेर के गर्न खोजेको भनी प्रश्न गरेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org