ताजा समाचार

बजेटपछि पल्सरसहितका बाइकको मूल्य ५ हजारदेखि १ लाख ३० हजारसम्म बढ्यो (सूचीसहित)

काठमाडौं २२, जेष्ठ । सरकारले बजेटमार्फत  मोटरसाइकलको आयातमा लाग्ने करमा वृद्धि गरेपछि मोटरसाइकलको मूल्यका बारेमा विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । बजेटसंगै कम्पनीहरुले पनि मोटरसाइकलको मूल्य सार्वजनिक गर्न थालेका छन् ।

नेपाली बजारमा ठूलो बजार हिस्सा अोगटेको बजाज बाइकको आधिकारिक बिक्रेता एचएच बजाजले आफ्नो मूल्यसुचि सार्वजनिक गरेको छ । कम्पनीले बजेट पूर्वकको मूल्य (प्रि बजेट प्राइस) र बजेट पछि आउने बाइकको मूल्य (पोस्ट बजेट प्राइस) को सूची सार्वजनिक गरेको छ ।

कम्पनीले स्टक रहुन्जेल बने पुरानै मूल्यमा बाइक बेच्ने घोषणा गरेको छ ।

यसअनुसार पल्सर १५० को मूल्य ७ हजार रुपैयाँ बढेको छ भने डोमिनार-४०० को मूल्यमात्रै १ लाख ३० हजार रुपैयाँ बढेको छ । यसअघि ४ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको डोमिनार अब ५ लाख ९९ हजार ९ सय पुग्नेछ ।

पल्सर १५० को मूल्य ७ हजार रुपैयाँ बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org