ताजा समाचार

एआइजीको दरबन्दीमा व्यापक कटौती, प्रहरीमा पाँच र सशस्त्रमा दुई दरबन्दी सिफारिस

काठमाडाैं २५, जेष्ठ । गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी र सशस्त्र प्रहरी बलमा एआइजीको दरबन्दीमा व्यापक हेरफेर गर्ने गरि दरबन्दी कोटा सिफारिस गरेको छ ।

प्रहरीमा पाँच जनाको दरबन्दी सिफारिस गरेको छ भने, सशस्त्र प्रहरी बलमा एआइजीको दरबन्दी दुईमात्र सिफारिस भएको छ।

दुबै प्रहरीमा दबरन्दी कटाैति भने असामान्य ढंगले कटाैति भएको छ  । नेपाल प्रहरीमा प्राविधिकसहित १६ दरबन्दी रहेकोमा घटाएर ५ जनामात्र कायम गर्न सिफारिस भएको छ। यस्तै, सशस्त्रमा ११ दरबन्दी रहेकोमा अब २ जनामात्र सिफारिस भएको छ।

गृह मन्त्रालयले संघीय प्रहरी ऐनमा प्राविधिकसहित गरेर पाँच जनाको दरबन्दी मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको हो।

एआइजी पदमा दरबन्दी कति राख्ने भन्ने निश्चित नहुँदा बढुवा अन्योलमा परेको थियो।

गत चैत २८ गते  भएका एआइजीहरुले सेवा अवधिका आधारमा अवकास पाएरपछि अहिले एआइजीको पद रिक्त छ। नेपाल प्रहरीमा अहिले प्राविधकतर्फ एकजना मात्र एआइजी छन्।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले १६ जनासम्म एआइजी बनाएको थियो। तत्कालीन सरकारले सातवटै प्रदेशमा एआइजीलाई प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो। अहिले भने प्रदेशमा डिआइजी प्रमुख बनाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org