पार्टी एकताका लागि बोहराको संयोजकत्वमा कार्यदल गठन
काठमाडौं २५, जेष्ठ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले समान विचार भएका पार्टीसँग एकताका लागि ‘पार्टी एकता विस्तार एवं सहजीकरण सम्पर्क कार्यदल’ गठन गरेको छ ।
पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले उक्त कार्यदलको संयोजकमा उपाध्यक्ष दीपक बोहरालाई आज नियुक्त गर्नुभएको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।
उक्त कार्यदलको सदस्यमा नेतात्रय विक्रम पाण्डे, सुनिलबहादुर थापा र ठाकुरप्रसाद शर्मालाई जिम्मेवारी दिइएको छ ।
पूर्वपञ्च परिवेशका अधिकांश नेता संलग्न तीन राप्रापाले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि समान वैचारिक दृष्टिकोण भएका पार्टी तथा समूहसँग सहकार्य र समन्वय गरिरहेका छन् ।
पछिल्लो समय राणा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक), डा प्रकाचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पाटी (राष्ट्रवादी) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टीका शीर्ष नेता तीनवटै पार्टी एकीकरणका लागि अनौपचारिक छलफल र गृहकार्यमा रहेका छन् ।
Comments
अरु समाचार
-
न्याय प्रशासन प्रभावकारी पार्न सरकारी वकिलको क्षमता बढाऔँ: प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रशासन प्रभावकारी बनाउन सरकारी वकिलको क्षमता र व्यावसायिकता बढाउन जरूरी रहेको बताउनु...
-
लेखा समिति सभापतिकी श्रीमती अदालत उपस्थित हुनुपर्छ : नेता भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन्...
-
एमाले केन्द्रीय सचिवालय बैठक बुधबार बस्दै
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय...
-
राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा...
-
लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार...
-
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न...
-
रविसहितका पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु
गण्डकी: सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु...
-
बार र कानुन व्यवसायी सक्षम भए न्यायालयलाई खबरदारी हुनेछः सर्वोच्च न्यायाधीश फुयाँल
विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले बार र कानुन व्यवसायी सक्षम हुनु पर्नेमा जोड दिनु भएको छ । '६९...
-
कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक...