ताजा समाचार

देउवाविरुद्ध खनिए कार्यकर्ता

सभापतिज्यू, डडेलधुराका ७ पुस्ताले तपाईंलाई सराप्नेछन्

 

डडेल्धुरा,२७ जेठ । निर्वाचन सकिएपछि  पहिलोपटक गृह जिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवामाथि आफ्नै कार्यकर्ता खनिएका छन्।

पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका हुन् ।

देउवा बस्ने स्याउबारी रिसोर्टमा भेट गर्न आउनेको संख्या पनि निकै पातलो थियो ।  याे खबर आजको कान्तिपुरले दोस्रो पृष्ठमा  छापेको छ ।

सभापतिज्यू, डडेलधुराका ७ पुस्ताले तपाईंलाई सराप्नेछन्, कांग्रेसको जिल्ला सम्मेलनमा महिला संघ अध्यक्ष कमला विष्टले भनिन्, डडेलधुराका जनतालाई ठूलो धोका दिइएको छ ।

जिल्ला सभापति कर्ण मल्लले पनि देउवाको आलोचना   गरे । आफूले संगठनका लागि काम गर्दा गर्दै नेतृत्वबाट पटक पटक लखेट्ने काम भएको उनले आक्रोश पोखे ।देउवा बोलिरहँदा कार्यकर्ताले ुस्वेच्छाचारी बन्न पाईंदैनु भन्दै नाराबाजी गरो थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org