ताजा समाचार

ट्रम्प र किमले गरे संयुक्त दस्तावेजमा हस्ताक्षर

काठमाडौं २९, जेष्ठ । ऐतिहासिक वार्तासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ-उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

दस्तावेजमा हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ‘हामि ऐतिहासिक एवं महत्वपूर्ण कागजातमा हस्ताक्षर गर्दै छाैँ’ । उनले किमलाई धन्यवाद समेत दिए ।

उत्तर कोरियाली नेता किमले भने: “आज ऐतिहासिक वार्ता भएको छ, हामीले विगत छोड्ने निर्णय गऱ्यौं। संसारले एक प्रमुख परिवर्तन देख्नेछ। म यो बैठकका लागि राष्ट्रपति ट्रम्पसंग कृतज्ञता व्यक्त गर्न चाहन्छु। “

दस्तावेजमा हस्ताक्षरपछि दुवै नेताले हात मिलाए ।

दस्तावेजमा के छ भनिएको छैन । केहीबेरपछि दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।

फोटो सेसनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम निकै चलाख भएको बताएका छन् ।

लाइब्रेरी पुगेर कुर्सीमा बसेपछि दुबै नेता नर्भस देखिएका थिए । ट्रम्पको अनुहारमा अचम्मको मुस्कान थियो । यस्तै, किम जोंग पनि भुइँतिर हेरिरहेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org