ताजा समाचार

ट्रम्प-किमको भेट बराबरीको हैसियतमा, जहाँ यस्तोसम्म देखियो….

ट्रम्प-किमको भेटवार्ताबाट नेपालका नेताहरुले पनि धेरै कुरा सिक्न र कुटनैतिक मर्यादालाई कायम राख्न सहयोग पुग्ला कि ?

काठमाडाैं २९, जेष्ठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताको ऐतिहासिक पहिलो भेटमा यस्तो देखियोः

१. झण्डा

संसारको ध्यान खिचिरहेको वार्तामा झण्डाको सिंगारपटार देख्दा जो किहहिपनि अचम्मित बन्ने खालको थियो । जब विश्वले यी दुई नेताहरुले हात मिलाएर क्यामेराको लागि पोज दिएको हेर्न प्रतिक्षा गरिरहेको थियो, पृष्ठभूमिमा अमेरिकी र उत्तर कोरियाली झण्डाहरु एकपछि अर्को गरेर मिलाएर राखिएका थिए । उक्त दृश्य धेरै नै लोभलाग्दो थियो र यो किमको लागि ठूलो जित थियो जसले अमेरिकी राष्ट्रपतिसँग बराबरीको हैसियत बनाएका थिए ।

 

२. कोरियोग्राफी

ट्रम्पले आफ्नो होटल सात मिनेट अगाडि नै छोडेपनि किमभन्दा सात मिनेट ढिलो आइपुगेका थिए । उत्तर कोरियाली नेता वार्तास्थलमा चाँडो आइपुग्नुलाई आफूभन्दा धेरै उमेरका अमेरिकी राष्ट्रपतिलाई सम्मान गरेको संकेत देखाउँछ । यी दुई नेता सँगै हिँडे र हात मिलाउन ट्रम्पले पहिले आफ्नो हात अगाडि सारे ।

३. हृयाण्डसेक

हात मिलाएको दृश्य झन रोचक छ । ट्रम्प हात मिलाउने मामलामा एकदम सतर्क देखिएका छन् । यी दुई नेता एक अर्कासँग बोल्न खोजे तर पछि अलमल्लमा परे । यद्यपी किमले ट्रम्पलाई अङ्ग्रेजीमा ‘नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’ भनेको दक्षिण कोरियाली मिडियाले लेखेको छ । यसले उनको ओठलाई पढेको दाबी गर्दै यस्तो लेखेको हो ।

दुई नेताले १२ सेकेण्ड सम्म हात मिलाइरहे तर, यो हृयाण्डसेक ट्रम्पको जापानी प्रधानमन्त्री सिन्जोआबेसँगको भन्दा चैं छोटो थियो । ट्रम्प हात मिलाउने क्रममा सर्तक देखिएका थिए र उनले किमको हात दह्रोसँग समातेनन् । अरु मानिससँग हात मिलाउँदा उनले काँधमा थपथपाउँथे तर किमको काँधमा हात राख्ने उनले साहस गरेनन् र १२ सेकेण्ड लामो हृयाण्डसेकमा किमको कुहिनामा विस्तारे मात्रै थपथपाए ।

४. भाषा

ट्रम्पले किमसँग भेट्नु सौभाग्य भएको बताउँदै दुई बीचमा धेरै राम्रो सम्बन्ध हुनेमा कुनै शंका नै नरहेको बताए । त्यसैसमय किमले भने पुराना ‘पूर्वाग्रह र अभ्यासहरु’लाई धन्यवाद दिए जसले अमेरिका र उत्तर कोरियाको सम्बन्धहरु दशकौं सम्म चिसिएको थियो ।

 

५. वार्ता

ट्रम्प र किमको भेटवार्ता चालिस मिनेटसम्म लम्बियो । वार्तामा दुई जना नेता र उनीहरुका ट्रान्सलेटर मात्रै थिए । अमेरिकी राष्ट्रपतिले वार्तामा उत्कृष्ट सम्बन्ध भएको बताए ।

ट्रम्पले यसअघि किम आणविक हतियार त्याग्नेबारेमा गम्भिर भए नभएको भन्ने बारेमा थाहा पाउन आफूलाई एक मिनेट नै काफी हुने बताउँदै आएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org