ताजा समाचार

सिंगापुरमा के कस्तो खाना खाँदै छन ट्रम्प-किम

काठमाडाैं २९, जेष्ठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र  उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक वार्ता भएको छ। सिंगापुरमा मंगलबार बिहान दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधि मण्डलस्तरीय वार्ता भएको हो।

वार्तापछि दुबै नेताले सँगै दिउँसोको खाना (लञ्च) खाँदैछन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले लञ्चको मेनू सार्वजनिक गरेको छ।

मेनूमा पूर्वीय र पश्चिमी खानाको समिश्रण छ।

ट्रम्प-किमको मेनूअनुसार सुरूमा उनीहरूले प्राउन ककटेल, एभाकाडोको सलाद, ग्रिन म्यांगो सलाद, अक्टोपस र कांक्राको कोरियन परिकार ओइजन खानेछन्।

मुख्य खानाका रूपमा बिफ, आलुका परिकार, स्टिम्ड ब्रोकाउली, बंगुरको मासु, फ्राइड राइस र कोरियन परिकार डायगु जोरिम छ।

डिजर्टमा चकलेट, आइसक्रिम र  क्रिमसहितको पेस्ट्री छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org