ताजा समाचार

चार बुँदे समझदारीपत्रमा ट्रम्प-किमको प्रतिबद्धता के !

ट्रम्प र किमबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने सहमति

काठमाडाैं २९, जेष्ठ । संयुक्त राज्य अमेरिका र उत्तर  कोरियाले चार बुँदे संयुक्त समझदारी पत्रमा हस्तारक्षर गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटपछि चार बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो।

बुँदा नं १,  शान्ति र समृद्धिका लागि सम्झौताको पहिलो बुँदा दुई देशबीच नयाँ सिराबाट दुवै देशका जनताको चाहना अनुरूप सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।

बुँदा नं २,  कोरियाली प्रायद्वीमा शान्ति स्थापनाका लागि आवश्यक पहल गर्ने र नयाँ ढंगले अगाडि बढाउने। पुराना प्रतिबद्धताहरूलाई पूरा गर्ने।

बुँदा नं ३, गत अप्रिलमा अन्तरकोरियाली शिखर सम्मेलनका बेला भएको आणविक निःशस्त्रीकरणलाई कार्यान्वयन गर्ने। पानमुन्जोम घोषणापत्रमा उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच भएको सम्झौतालाई कार्यान्वयन गर्ने।

बुँदा नं ४,  अमेरिका र उत्तर कोरियाले युद्धबन्दी/बेपत्ता खोजी र पहिचान भएकाहरूको आदानप्रदान प्रतिवद्धता जनाएका छन्।

समझदारी पत्रमा हस्ताक्षर गरेपछि उत्तर कोरियाली नेता किमले आफूहरूले बिगतलाई छोडिदिने निर्णय गरेकाले अब संसारले नयाँ परिवर्तन देख्ने बताए।

राष्ट्रपति ट्रम्पले  उत्तर कोरियाको अनआणविकीकरण प्रक्रिया छिटै सुरू हुने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org