अत्यधिक गर्मीका कारण विद्यालय बन्द
पर्सा, २९ जेष्ठ । एक सातायता बढेको अत्यधिक गर्मीका कारण चार स्थानीय तहमा रहेका विद्यालय आजदेखि बन्द गरिएको छ ।
वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो । वीरगञ्ज र पोखरीयामा असार ३ गतेसम्मका लागि तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा भने सोमबारदेखि शुक्रबारसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ ।
वीरगञ्जमा रहेका सम्पूर्ण विद्यालय आइतबारसम्मका लागि बन्द गराइएको महानगरपालिका शिक्षा शाखाका अधिकृत मञ्जुर अन्सारीले जानकारी दिए ।
अत्याधिक गर्मी बढ्दै गएपछि विद्यार्थी र अभिभावकको आग्रहमा सखुवा प्रसौनी गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालय पाँच दिनका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले बताए ।
ठोरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालय पनि पाँच दिनका लागि बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीमा बान्ता हुने, टाउको दुख्ने, रिंगटा लाग्ने समस्या देखिन देखिएको ठोरी गाउँपालिकाका शिक्षा संयोजक छोटेलाल प्रसादले जानकारी दिए ।
Comments
अरु समाचार
-
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ट्रफी परेड
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन्...
-
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने...
-
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
काठमाडौं । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र...
-
जनकपुरको विवाहपञ्चमी महोत्सव र बाराको गढीमाई मेलालाई व्यवस्थित बनाउने प्रदेश सरकारको तयारी
काठमाडौं । बाराको गढीमाईमा लागिरहेको मेला तथा जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने सीताराम विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित बनाइने भएको...
-
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण...
-
‘मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ’
काठमाडौं । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
आजदेखि राजविराज महोत्सव
काठमाडौं । संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि राजविराज महोत्सव हुँदैछ । राज रङ्गशालामा हुने महोत्सवमा स्थानीय...
-
राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
राजविराज (सप्तरी)। राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा...