ताजा समाचार

साउदी अरेबियाविरुद्व रसियाको पाँच गोल, कस्तो अवस्थामा भएको थियो गोल (भिडियोसहित)

काठमाडाैं १, असार । विश्वकपको उद्घाटन खेलमा आयोजक रुसले साउदी अरेबियालाई पराजित गरेको छ ।

पूरै खेलमा रसिया हावी रह्यो। साउदी अरेबियालाई पराजित गर्दै रसियाले सन् २००२ यता पहिलो विश्वकप खेलमा विजय हासिल गरेको हो।

रसियाका लागि खेल सुरु भएको १२ औँ मिनेटमा गजिन्स्कीले हेडमार्फत् गपल गरेर साउदी अरेबियालाई थप दवावमा पारि सकेका थिए । ध्यान्तर हुनु दुई मिनेट अघि चेरीसेभले गोल गरी अन्तर दोब्बर बनाए।

स्टार स्ट्राइकर फेदोर स्मोलोभको सट्टा मैदानमा छिरेका जुबाले मैदानमा प्रवेश गरेको एक मिनेटमै ७१ औँ मिनेटमा गोल गरे। बाँकी दुई गोल इन्जुरी टाइममा भए। चेरीसेभले ९१ औँ मिनेटमा गोल गरी कूल गोल संख्या पहिलो खेलमै दुई पुर्‍याए भने ९४ औँ मिनेटमा गोलोभिनले फ्रिकिकबाट सीधै गोल गरी ५-० को अन्तरमा साउदी अरेबियालाई पराजित गरे।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org