ताजा समाचार

डा. मीनेन्द्र रिजालको प्रश्नमा सभामुख महराको जवाफ

काठमाडौँ, ३ असार ।  प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सञ्चालन नियमावली छिट्टै कार्यान्वयनमा आएलगत्तै प्रधानमन्त्रीसँग सांसदले संसद्मा सवालजवाफ गर्न पाउनुपर्ने बताएका छन् ।

यसअघि सभामुखसँग विशेष समय माग गर्दै सांसद डा मीनेन्द्र रिजालले प्रधानमन्त्रीसँग सवालजवाफ गर्न पाउनुपर्ने माग राखेका थिए । प्रतिनिधिसभा सञ्चालन नियमावलीअनुसार महिनामा दुई पटक प्रधानमन्त्रीसँग सांसदले सवालजवाफ गर्नपाउने प्रावधान छ ।

संसद्मा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सभामुखसँग विशेष समय माग गर्दैैै उहाँले सत्तापक्षका सांसद बस्ने बैठकस्थल खाली भएको देखाउँदै संसद् जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org