ताजा समाचार

ठेकेदार लाई कारवाही : दुई मन्त्री प्रतिवादमा उत्रिए

काठमाडाैं,४ असार ।  गृहमन्त्री रामबहादुर थापाले समयमै काम नसकी  बसेका ठेकेदारलाई कारवाही प्रक्रिया बढाएका बेला भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन् ।

मन्त्री महासेठले आईतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने प्रतिबद्धता मात्रै जनाएन, पक्राउ परेमा छुटाउने आशयको अभिब्यक्ति दिएकाे खबर अाजकाे नागरिक दैनिकले छापेकाे छ ।

यसरी ठगि गर्ने ठेकेदार लाई कारवाही गर्ने विषयमा गृह र तालुक मन्त्रालयको कमान्ड समालेका दुई मन्त्रीबीच मतभेद देखिएको छ ।

नागरिक दैनिकको समाचार अनुसार काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने गृहको चेतावनीविपरित गई तालुक मन्त्रालयका मन्त्री महासेठले व्यवसायीलाई पक्राउ पर्नबाट जोगाउने प्रतिबद्धता जनाउँदै विरोधाभासपुर्ण टिप्पणी गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org