ताजा समाचार

बालबालिकाको हकमा राज्य अत्यन्तै संवेदनशीलः मन्त्री थापा

काठमाडाैं १३, असार । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिका राष्ट्रका कर्णधार भएकोले बालबालिकाको विषयमा राज्य अत्यन्तै संवेदनशील रहेको बताएकी छन् ।

सो कुरा सातवटै प्रदेशबाट राजधानीमा भेला भएका बालबालिकाहरुको राष्ट्रिय सम्मेलनमा बताएकी हुन । बालबालिकाको क्षेत्रमा कार्यरत झण्डै पाच दर्जन संस्थाहरु संलग्न रहेको नेटवर्क कनसोटियमद्धारा आयोजित कार्यक्रममा अधिकार कर्मिहरुले बालबालिकको समस्यालाई राज्यले बेवास्ता गरेको भन्दै गुनासो गरेका थिए ।

सातवटै प्रदेशबाट करिव तीस जना बालबालिकाहरु सहभागी रहेको सो भेलामा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले बाल अधिकारको संरक्षण र संवद्र्घनमा राज्य चनाखो हुनु पर्नेमा जोड दिइन । उनले बालबालिका माथि मानवअधिकार उलङ्घनका घटनाहरू भइरहेको भन्दै त्यसप्रति सरकारले विषेश ध्यान दिनु पर्ने धारण राखेकि हुन ।

कनसोटियमका अध्यक्ष सन्तराम डगोलको अध्यक्षतामा भएको सो कार्यक्रमा अधिकार कर्मिहरु कृष्णचन्द्र आर्चाय, गुणकेशरी श्रेष्ठ लगायतले बालबालिकाको विषयमा आआफ्ना धारणा राखेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org