ताजा समाचार

मानसरोबरमा १६ सय भारतीय नागरिकअलपत्र, उद्वार गरिदिन स्वराजद्वारा अपिल

काठमाडौं । कैलाश मानसरोबर यात्रामा गएका झण्डै १६ सय भारतीय तीर्थयात्री अलपत्र परेका छन् । अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा करिव ५०० तिब्बती क्षेत्रमा र बाँकी सिमिकोट तथा हिल्सामा रोकिएका हुन् ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ५२५ तीर्थयात्री सिमिकोट र ५५० हिल्सामा रोकिएका छन् ।

यस्तै, भारतीय विदेश मन्त्री सुष्मा स्वराजले वर्षाका कारण अलपत्र परेका भारतीय तीर्थयात्रीलाई उद्धारका लागि नेपाली सेनालाई हेलिकप्टरबाट उद्धार गर्न आग्रह गरेकी छिन् ।


सिमिकोटमा स्वास्थ्य जाँचको व्यवस्था समेत गरिएको छ । त्यसका साथै हिल्साका प्रहरी अधिकारीलाई समेत सहयोगका लागि उनले आग्रह गरेकी छिन् ।

साथै ती तीर्थयात्रीहरुको बारेमा जानकारी दिनका लागि तामिल, तलेगु, कनाडा, मलयालम भाषामा हटलाइनको समेत व्यवस्था गरिएको छ । मन्त्री स्वराजले ती हटलाइनका लागि ८ वटा नेपाली नम्बर पनि सावर्जनिक गरेकी छिन् ।

उनले आफ्ना नागरिकलाई उद्वार तथा समस्याको बारेमा जानकारी गराउन व्यवस्था गरिएका हटलाईन नम्बरहरु:


भारी वर्षाका कारण अहिले नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुका लागि उडान हुन नसकेका कारण तिर्थयात्रीहरु होटेलमा अलपत्र परेका हुन् ।

हुम्लाका लागि उडान नहुँदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org