संघीयताको विकासका लागि राससको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री
जनकपुरधाम २५, असार । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयताको संस्थागत विकासका लागि राष्ट्रिय समाचार समितिको भूमिका महत्वपूर्ण रहेको बताएका छन।
राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल नेतृत्वको टोलीको भेटघाटका अवसरमा सो कुरा उहाँले बताउनुभएको हो । राष्ट्रिय समाचार समितिको विकास र उन्नयनका लागि प्रदेश सरकार सहयोगी र सकारात्मक रहेको छ भन्दै उहाँले राससको विकासमा प्रदेश सरकारको सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।
संघीय शासन प्रणालीको स्थायित्व र दिगो विकासका लागि संघीय र प्रदेश सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सक्रियताको आवश्यकता उहाँले औल्याए।
संघीय सरकारको सफलता प्रदेश सरकारको सफलतामा निहित रहेको चर्चा गर्दै उहाँले प्रदेश समृद्धिबिना संघ र मुलुकको विकास र समृद्धि हुन सक्दैन भन्नुभयो । यथास्थितिवादी सोच र चिन्तनबाट मुलुकको समृद्धि हुन नसक्ने भएकाले प्रक्रियागत सुधार गरी नयाँ सोचका साथ सबै अघि बढनुपर्ने धारणा उहाँले राखे ।
समितिका अध्यक्ष श्यामलले राससको विकास, संरक्षण, संवद्र्धन र संघीयता अनुरूप रूपान्तरणमा प्रदेश सरकारको सहयोग र स्वामित्व ग्रहणबारे ध्यानाकर्षण गराए ।
राससलाई संघीयताअनुरूप रूपान्तरणमा संघ र प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको बताउँदै उहाँले राससलाई प्रदेशको जनतासँग जोडने, नयाँ कार्ययोजनासहित गन्तव्यमा प्रदेश सरकारको भूूमिका र सहयोगका लागि आग्रह गरे।
Comments
अरु समाचार
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
भंगाहका मेयरको आर्केस्ट्रामा दादागिरीः युवामाथि कुटपीट र मोबाइल जफत
काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल...
-
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
मधेसमा नयाँ सरकार गठनका लागि जनमतका सतिश सिंहको नेतृत्त्वमा मुख्यमन्त्रीको दाबी पेस
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री न्युक्तीका लागि...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...