एनआरएन सहयोगमा जानकी मन्दिर झिलिमिलि
धनुषा २६, असार। जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि रु पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको छ ।
सोमबार गैरआवासीय नेपाली संघ (एनआरएन) को आर्थिक सहयोग र डिजाइनको आधारमा मन्दिर विद्युतीकरण गर्ने सम्झौता गरिएको छ ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, एनआरएनका प्रमुख संरक्षक डा उपेन्द्र महतो र जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको रोहवरमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिर छुट गुठीको तर्फबाट छोटे महन्थ रामरोशन दासले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार मन्दिर परिसरलाई अत्याधुनिक विद्युतीय प्रकाशमार्फत प्रज्वलित गर्नका लागि उज्यालो नेपाल अभियानबाट निर्मित कम खपतमा बल्न सक्ने एलइडी चिमको प्रयोग गरिनेछ । मन्दिरको सौन्दर्यकरणलाई अझ बढी उपयोगी बनाउन सौर्य ऊर्जाको प्रयोग गर्ने योजना रहेको एनआरएनका अध्यक्ष भट्टले जानकारी दिए।
मन्दिरको ऐतिहासिक र मौलिक भौतिक संरचनामा कुनै परिवर्तन नगरी विद्युतीकरणको कार्य गरिनेछ । विद्युतीकरणमा लाग्ने तार, उपकरण, बत्ती आदिको जडानको खर्च एनआरएनले व्यहोर्ने छ । यस वर्षको विवाहपञ्चमी महोत्सवअगावै विद्युतीकरणको कार्य सम्पन्न गरी मन्दिरलाई पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको अध्यक्ष भट्टले बताए।
जनकपुरमात्र नभई नेपालकै नाम विश्वस्तरमा चिनाउने एउटा थलो जानकी मन्दिर भएको हुनाले यसको सौन्दर्यकरणका लागि विद्युतीकरणको योजना आउँदा जनकपुरवासी खुशी भएको छोटे महन्थ रामरोशन दासले बताउनुभयो । उहाँले भन्नुभयो, “यो विद्युतीकरणको डिजाइन हेर्दा मन्दिर उज्यालो महल जस्तै देखिने भएको छ ।”
इसं १९१० मा भारतको टिकमगढकी रानी वृषभाणु कुमारीले जानकी मन्दिरको निर्माण गराएकी थिइन् । उक्त समयमा यस मन्दिरको निर्माणमा रु नौ लाख भारतीय खर्च भएको थियो । सोही कारणले यस मन्दिरलाई नौ लख्खा मन्दिर पनि भन्ने गरिन्छ ।
Comments
अरु समाचार
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
भंगाहका मेयरको आर्केस्ट्रामा दादागिरीः युवामाथि कुटपीट र मोबाइल जफत
काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल...
-
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
मधेसमा नयाँ सरकार गठनका लागि जनमतका सतिश सिंहको नेतृत्त्वमा मुख्यमन्त्रीको दाबी पेस
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री न्युक्तीका लागि...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...