ताजा समाचार

श्रीमानलाई छोरा जन्माउन अर्को बिहे गर्नु भन्दै एक महिलाले गरिन आत्महत्या

काठमाडौं २६, असार । छोरा जन्माउन श्रीमानलाई अर्को बिहे गर्नु भन्दै सुसाइट नोट लेखेर एक महिलाले आत्महत्या गरेकी छिन् ।

पर्वतको बडिगाड–९, साबिक दार्लिङ–१ मा गीता मल्लले झण्डिएर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार उनको साथबाट बरामद भएको सुसाइड नोटमा श्रीमानलाई छोरा जन्माउन सहजताका लागि अर्को बिहे जरुरी भएकाले आफूले आत्महत्या गरेको उल्लेख गरिएको छ ।

स्थानीयका अनुसार मल्लले श्रीमान डिलबहादुरलाई छोरा जन्माउन अर्को विवाह गर्न दवाव दिँदै आएका थिए ।

उनले आफ्नो छोरीलाई समेत पिर, दुःख नमान्नु भन्दै सचेत गराएकी छन् । पर्वतका एसपी दीपक रेग्मीका अनुसार थप अनुसन्धान भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org