उद्योग संगठनको अध्यक्षमा घिमिरे
विराटनगर २६, असार। उद्योग संगठन मोरङको ४६औँ वार्षिक साधारणसभाले भीम घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित गरेको छ ।
संगठनको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, उपाध्यक्ष (कोषतर्फ)मा प्रदीप मुरारका, उपाध्यक्ष (कृषि, जलस्रोत र ऊर्जा)मा राजकुमार गोल्छा र उपाध्यक्ष (रोजगारदाता) मा राकेश सुराना निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी कार्यकारिणी समिति सदस्यहरुमा सञ्जयकुमार अग्रवाल, सुबोध कोइराला, भोलेश्वर दुलाल, तारानाथ निरौला, सुनिलकुमार धनावत, नारायणप्रसाद मुन्दडा, विपिन कावरा र विनोद पौडेल रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीले ‘औद्योगिक विकासको मूल आधार सहअस्तित्व, उद्योग र व्यापार’ मूल नारालाई मूर्त रुप दिन संकल्प लिएका छन् ।
नयाँ कार्यसमितिले औद्योगिक प्रदर्शनी स्थल, औद्योगिक प्रवेशद्वार, श्रमिक अस्पताल, श्रमिक सुरक्षा आवासगृह निर्माण, औद्योगिक क्षेत्र तथा सेजसमेतको स्थापनामा समन्वय गर्ने, जग्गा वर्गीकरणमा सहजीकरण गर्ने, विराटनगर महानगरपालिकालाई वातावरणमैत्री शहर बनाउन सहकार्य गर्ने, प्रविधि अध्ययन अनुसन्धानमा जोड दिने, विप्रेषण प्रवद्र्धक उद्योगको पहिचानमा सहजीकरण गर्ने, जोगवनी–किमाथान्का जोड्ने सडक निर्माणमा जोड दिने तथा औद्योगिक सङ्ग्रहालय निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्ने संकल्प लिएको छ ।
अध्यक्ष घिमिरेले पूर्वाञ्चलको उद्योग र व्यापार अन्तर्राष्ट्रियस्तरमा पु¥याउन तथा उद्योग र व्यापारको विकास एवं विस्तार गर्न विराटनगरमा अन्तर्राष्ट्रियस्तरको हवाईमैदान बन्नुपर्ने र भारतको जोगवनी सिमानादेखि किमाथान्का हुँदै चीन जोड्ने सडक छिटोभन्दा छिटो निर्माण गर्न सरकारसँग माग गरे ।
यसअघि उद्योगी महेन्द्र गोल्छा, किशोर प्रधान, शिवशंकर अग्रवाल, दिनेश गोल्छा, अशोक मुरारका लगायतले संगठनको नेतृत्व गरिसकेका ।
Comments
अरु समाचार
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
भंगाहका मेयरको आर्केस्ट्रामा दादागिरीः युवामाथि कुटपीट र मोबाइल जफत
काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल...
-
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
मधेसमा नयाँ सरकार गठनका लागि जनमतका सतिश सिंहको नेतृत्त्वमा मुख्यमन्त्रीको दाबी पेस
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री न्युक्तीका लागि...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...