ताजा समाचार

किन क्लब स्थानान्तरण गरे क्रिस्टियानो रोनाल्डोले

काठमाण्डाैँ २७,असार ।रियल मड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इटालिनय क्लब युभेन्ट्समा अनुबन्ध भएका छन्। स्पानिस जायन्ट रियल मड्रिडमा झण्डै एक दशक बिताउने क्रममा चार च्याम्पियन्स लिग सहित विभिन्न उपाधि जितेका रोनाल्डो ४ वर्षका लागि टुरिन क्लबलमा अनुबन्ध भएको बीबीसीले जनाएको छ।

रियलले रोनाल्डोको स्थानान्तरणको विषयमा युभेन्टससँग सम्झौता भएको एक विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।

३३ वर्षीय बालोन डि’ओर विजेता करिब ८.८ करोड पाउण्डमा युभेन्टस जाने गरी पाँच वर्षका लागि सम्झौता भएको बताइएको छ ।

क्बलले रोनाल्डोले आफै क्लब छाड्ने इच्छा व्यक्त गरेको पनि स्पष्ट पारेको छ ।

रोनाल्डोले रियलका लागि ४३८ खेलमा ४५१ गोल गर्दै १६ उपाधि जितेका छन् ।

यसमा चार च्याम्पियन्स लिग उपाधि सामेल छ ।

पछिल्लो समय रियल र रोनाल्डोको बीचको सम्बन्धमा चिसोपन आएको थियो । लियोनेल मेस्सी र नेयमारको बराबर तलब रकम माग गर्दा रियलले अस्वीकार गरे पछि रोनाल्डोले च्याम्पियस लिग जितेसँगै क्लब छाड्ने संकेत गरेका थिए ।

क्लबले रोनाल्डोलाई धन्यवाद दिँदै भविष्यका लागि शुभकामना दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org