ताजा समाचार

पुस भित्रै आउने भयाे छुकछुके रेल, डिब्बा भने भाडामा ल्याइने

काठमाडौं २७,असार।  जनकपुर-जयनगर रेलमार्ग आगामी डिसेम्बरदेखि सञ्चालनमा आउने भएको छ । त्यसका लागि रेलको डिब्बा भने भाडामा ल्याउने सहमति भएको छ ।

रेल विभागका अनुसार निश्चित समयपछि नेपाल आफैंले डिब्बा किन्ने तयारी छ । ‘तत्कालै किनेर ल्याउदा हामीसँग अनुभव नभएका कारण केहि समस्या हुनसक्छ । जनशक्ति पनि छैन’ प्रवक्ता उपाध्यायले भने, ‘त्यसैले अहिले भाडामा ल्याउने हो, हामीसँग जनशक्ति र अनुभव भए पछि आफ्नै रेल गुडाउछौं ।

जनकपुर-जयनगर ३५ किमी लामो रेलमार्ग सञ्चालनमा ल्याउन लागिएको हो। भारतमा व्रोड ग्रेज रेल सञ्चालनमा रहेको र अहिले निर्माणाधीन रेलमार्ग पनि व्रोड गेजनै हो। नेपालले जयनगर-जनकपुर-कुर्थासम्मको ३५ किलोमिटर खण्डमा रेल गुडाउनका लागि आवश्यक पुर्वाधार तयार पारिसकेको छ।भारतको १० अर्व रुपैयाँ सहयोगमा यो रेलमार्ग निर्माण भैरहेको छ।

जनकपुर-जयनगर रेलमार्गमा लिक विछ्याइसकिएको छ । भाडामा ल्याउने रेल केही महिनाभित्रै नेपाल आइपुग्ने र डिसेम्बरदेखि सञ्चालन शुभारम्भ गरिने विभागले जनाएको छ ।

रेलमार्ग सञ्चालनका क्रममा केही कानुनी जतिलता समेत देखिनसक्ने भन्दै बैठकमा त्यस्ता समस्या आपसी छलफलबाट सुल्झाएर अघि बढ्ने सहमति भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org