ताजा समाचार

नेपाली युवालाई भारतमा अन्तर्राष्ट्रिय पुरस्कार

नयाँ दिल्ली २८, असार । एक नेपाली युवाले भारतको राजधानी नयाँ दिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन्। सप्तरीका मानव अधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन् ।

कन्स्टिट्युसन क्लबले आयोजना गरेको एक दिवसीय समारोहमा सम्मानित गरिएको छ। मानव अधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो ।

दी ग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसीले राउतलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको छ। भारतको केन्द्र सरकारका पूर्वमन्त्री कमलसिंह नेगी र भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. दिनेश उपाध्याय एवम् वर्खा शुक्ला सिंह लगायतले राउतलाई सम्मान गरेका थिए ।

सामाजिक तथा मानव अधिकार क्षेत्रमा आधा दशकदेखि सक्रिय राउत नेपाल पिछडा वर्ग महासंघको भ्रातृ संगठन ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org